November 7, 2023
यही मिती कार्तिक १७, २०८० तदनुसार ३ नोभेम्वर २०२३ शुक्रबार राती जाजरकोट केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प आएर जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठुलो मानवीय एवम् भौतिक क्षति भएकोमा गैर-आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद्, किर्गिजस्तान अत्यन्त दुखित भएको छ । र यस भूकम्पमा परी ज्यान गुमाएकाहरुप्रती हार्दिक श्रद्वाञ्जली अर्पण गर्दै घाइते भएकाहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।