nrna_kg
NRNA KYRGYZSTAN
"For Nepali by Nepali"

nrna.ncckr@mail.ru

Kiev Street 148, Bishkek, 720001, Kyrgyzstan

गोकर्ण, काठमाडौंमा Child Care Camp सन्चालन गरिएको ।

काठमाडौं । यस गैर-आवासिय नेपाली संघ, एनसीसी किर्गिजस्तानले अजिज फाउन्डेशनसँगको सहकार्यमा काठमाडौंको गोकर्णस्थित अपाङ्ग पुनर्स्थापना केन्द्रमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ। जहाँ एनआरएनए एनसीसी किर्गिस्तानका उपाध्यक्ष डा. कृष्ण बडाल, महासचिव डा. रवि रोशन खड्का, सचिव रञ्जित थापा मगर, कोषाध्यक्ष मीना ज्ञवाली, महिला संयोजक नम्रता शर्मा, सदस्य डा. सुरेन्द्र प्रसाद साह, डा. अमित शाह, डा. जीपी शर्मा (आशीष), अजिज फाउण्डेशनका कार्यकारी निर्देशक रोशन भण्डारी, महासचिव छिरिङ शेर्पा, डीआरसी नेपालका कोषाध्यक्ष अम्बिका हुमागाईंको उपस्थिति रहेको थियो। 

जहाँ ३० जना अपाङ्गता भएका बालबालिकाहरुलाई नि:शुल्क स्वास्थ्यपरिक्षण गर्नुका साथै स्व स्थकर खाना वितरण गरिएको थियो ।